Madhes Khabar
Uncategorized

प्लेयर अफ द म्याच बने वीरगन्जका आसिफ शेख

काठमाडौं,१७कार्तिक : टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् ।वीरगन्जका स्थायीबासी आसिफले धैर्यतापूर्वक ब्याटिङ गर्दै ५१ बलमा ६४ रन बनाएका थिए ।

म्याचपछि प्रदान गरिएका सबै पुरस्कारहरु नेपाली टिमले कब्जा ग¥यो । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्ट क्याचको अवार्ड कुशल भुर्तेललाई दिइयो । यस्तै लामो हिटको अवार्ड कप्तान रोहित पौडेलले प्राप्त गरे भने फास्टेस्ट रन स्कोररको अवार्ड पनि पौडेललाई नै मिल्यो ।

माइलस्टोन अफ द डेको २५ हजार रुपैयाँको पुरस्कार फिल्म ‘दिमाग खराब’को तर्फबाट सोमपाल कामीलाई प्रदान गरियो । उनले आफ्नो करिअरको ५० औं विकेट पूरा गरेका थिए ।

Related posts

बारा २ मा उपेन्द्र यादवलाई जिताउन लाेसपाकाे चुनावी कमान्डर बने जितेन्द्र साेनल

MadhesKhabar

वीरगन्जमा जारी टी–२० क्रिकेट : एपिएफमाथि पुलिसको फराकिलो जीत

MadhesKhabar

वीरगन्जकी मुस्कानलाइ पढाइ दिने जिम्मा बलिउड कलाकार सोनु सुदले लिए

MadhesKhabar

Leave a Comment