Madhes Khabar
Uncategorized

वीरगन्जकी मुस्कानलाइ पढाइ दिने जिम्मा बलिउड कलाकार सोनु सुदले लिए

तृप्ति मुस्कान आमा बबिताको साथमा । तस्बिर : शंकर आचार्य/कान्तिपुर

मधेसखबर
वीरगन्ज , २३ बैशाख :
वीरगन्जकी एक किशोरीलाइ भारतीय सिनेजगत बलिउडका कलाकार सोनु सुदले उच्च शिक्षा सम्मको अध्ययन गराइ दिने जिम्मा लिएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईकी १५ वर्षीया तृप्ति मुस्कानको उच्च शिक्षासम्मको अध्ययनको जिम्मेवारी बलिउड कलाकार सोनु सुदले लिएका हुन् । राधेमाई स्थित साउथ जोन माविबाट हालै एसईई दिएर नतिजाको प्रतीक्षामा रहेकी मुस्कानलाइ बलिउड कलाकार सोनु सुदले कम्युटर इन्जिनियर पढाइको जिम्मा लिइ दिने भएका हुन् । मुस्कानले भविष्यमा कम्प्युटर इन्जिनियरिङको अध्ययन गर्न चाहेको बारे सोनु सुदलले दिल्लीमा बस्दै आएका मुस्कानका दाइ आनन्द सौरभ कर्ण मार्फत थाहा पाएका थिए ।
आनन्दले मुस्कानका बुबा त्रिलोकनाथ लाल कर्णको गत वर्ष कोरोना संक्रमणका कारण मृत्यु भएपछि मुस्कानको अध्ययनदेखि परिवारलाई गुजाराको समेत समस्या भएकोबारे गत मार्च १५ मा ट्वीट गर्दै सहयोगको अपिल गरेका थिए । उक्त अपिललाई आफ्नो ट्वीटर ह्यान्डलबाट यसै साता साझा गर्दै सुदले मुस्कानको पढाइको व्यवस्था भइसकेको घोषणा गरेका हुन्  ।
सुदले ट्वीटमा लेखेका छन्, ‘नेपालमा सबैलाई भन्दिनू, अब पूरै जीवनका लागि तपाईंको पढाइको व्यवस्था भइसकेको छ ।’
सुदकी श्रीमती समायराले झन्डै १ महिनाअघि टेलिफोन सम्पर्क गरी आफ्नो पारिवारिक र शैक्षिक अवस्थाबारे सबै जानकारी लिएकी मुस्कानले बताइन्  । त्यस क्रममा समायराले सोनु सुद फाउन्डेसनले आफ्नो उच्च शिक्षा अध्ययनसम्मको सबै जिम्मेवारी बहन गर्ने बताएकी मुस्कानले सुनाइन्  ।
‘एसईई सुरु हुनुभन्दा ५ दिनअघि समायरा म्यामले फोनबाट भन्नुभएको हो, सुनेर मेरो खुसीको सीमा रहेन,’ उनले भनिन्, ‘सिजी एजुकेसनमार्फत स्कुलमा बक्यौता रहेको ५४ हजार ८ सय ५६ रुपैयाँ पनि फाउन्डेसनले पठाइदिइसकेको छ ।’
मुस्कानले भन्छिन््, ‘उहाँले मेरो जीवन सपार्ने जिम्मेवारी लिनुभयो, म उहाँ र आफन्तजनलाई निराश पार्ने छैन, ‘उच्च मनोबलका साथ कडा मिहिनेत गरेर कम्प्युटर इन्जिनियर बनेर देखाउनेछु ।’
साभार :कान्तिपुर

Related posts

जेठ १५ गतेको आन्दोलनमा देशभरका जनतालाई सहभागी हुन राजावादीको आह्वान

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

होलीको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment