Madhes Khabar
Uncategorized

होलीको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रगतदान

वीरगन्ज,१०चैतः वीरगन्जको घण्टाघर चोकमा शनिबार आयोजित रक्तदान कार्यक्रममा चार महिलासहित ४८ जनाले रगतदान गरेका छन् ।होली पर्बको उपलक्ष्यमा श्री सत्य साई मधेस प्रदेश समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा सरस्वती श्रेष्ठ, अस्मिता चौधरी , सन्दिप सर्राफ, चन्देश्वर चौरसिया, रविकान्त चौरसिया, बलिराम पाण्डे, जगदीश चौहान, रोशन साह, विपिन साह कानु, विश्वजीत कुमार, विशाल यादव, सुरेश सर्राफ, नरेश चौरसिया, नरेश सर्राफ,विभुषण प्रसाद चौरसिया, प्रितम ठाकुर, सुमित सत्याल लगायतका रहेको रक्त संचार केन्द्र वीरगन्जका प्राविवधिक प्रमुख सरौभराज पाण्डेले जानकारी दिदए।

श्री सत्य साई मधेस प्रदेशका अध्यक्ष जीवन चौरसियाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उक्त संस्थाका सदस्य चन्देश्वर चौरसिया, रविभुषण चौरसिया, राजेन्द्र प्रसाद लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

सदस्यता विवाद नसुल्झिएसम्म पर्सामा पत्रकार महासंघको चुनाव हुन नदिने चेतावनी

MadhesKhabar

वीरगन्जमा बीएसएल सुरु,उद्घाटन खेलमा साहिब दरबार विजयी

MadhesKhabar

बीआरआई ऋण–जालले नेपालको सार्वभौमसत्ता खतरामा परेको राष्ट्रिय एकता अभियानको निष्कर्ष

MadhesKhabar

Leave a Comment