Madhes Khabar
Uncategorized

वीरगन्जमा बीएसएल सुरु,उद्घाटन खेलमा साहिब दरबार विजयी

वीरगन्ज,६मंसिरःवीरगन्जमा शनिबारदेखि सुरु वीरगन्ज सुपर लिग (बीएसएल) क्रिकेट प्रतियोगितामा ड्रागन्स् अफ साबिह दरबारले विजयी सूरवात गरेको छ ।नारायणी क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साबिह दरबारले कालिकामाई क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

कालिकामाई क्रिकेट क्लबले दिएको १०० रनको लक्ष्य साहिब दरबारले १९ ओभर खेल्दै ७ विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि आरिफ हवारीले सर्वाधिक ३८ रन र कमल गुप्ताले १२ रन बनाए । बलिङ्तर्फ कालिकामाईका लागि विपिन राउतले ३ र प्रिन्स पटेलले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले व्याटिंग गरेको कालकामाई क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमात्रै बनाएको थियो । उसका लागि सजाद मन्सुरीले २९ र मन्थन यादवले १९ रनको योगदान दिएका थिए ।
बलिङ्तर्फ साबिह ददबारका अभय सिंहले २ तथा भुलावन सहनी, अजय यादव,कमल गुप्ता र दिलिप दासले समान १÷१ विकेट लिएका थिए ।

त्यसअघि वीरगन्ज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै मेयर सिंहले बीएसएलले वीरगन्ज र समग्र मधेस प्रदेशको खेलकुद क्षेत्रमा ऐतिहासिक योगदान पु¥याएको बताए ।

उनले भने,‘बीएसएल केवल एउटा क्रिकेट लिग होइन, यो त मधेसका युवाहरूको सपना र सम्भावनाको ठूलो मञ्च हो । विगतका तीन संस्करणबाट राष्ट्रिय टोलीमा पुगेका खेलाडीहरूले यो लिगको महत्व प्रमाणित गरिसकेका छन् । वीरगञ्ज महानगरपालिका खेलकुद विकासका लागि सधैँ अगाडि रहनेछ र आगामी दिनमा नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पनि पहल गर्नेछौँ, ।

त्यस्तै पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले बीएसएल नेपालकै उत्कृष्ट फ्रेन्चाइजी लिगमध्ये एक भएको दाबी गरे ।
मंसिर १३ गतेसम्म चल्ने प्रतियोगितामा साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरबार, मधेस एलिट्स, रोयल वीरगन्ज ११ र अपन कालिकामाई गरी पाँच फ्रेन्चाइजी टिमले भाग लिएको प्रतियोगिताका संयोजक एंव पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले जानकारी पदए ।

उनका अनुसार, यसअघि गत असोज २५ गते नेशनल इन्फोटेक कलेजमा सम्पन्न भव्य खेलाडी लिलामी (अक्सन) मा १४५ जना खेलाडी सहभागी भएका थिए । अक्सनबाट छानिएका खेलाडीहरूलाई पाँच टिमले किनेका थिए ।प्रतियोगिताको लिग चरणमा कुल ११ खेल हुनेछन् । फाइनल खेल मंसिर १३ गते हुनेछ ।

 

Related posts

काठमाडौंमा साढे १९ केजी सुन सहित एक जना पक्राउ

MadhesKhabar

वीरगन्जका सबै विद्यालयमा बिहानी कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

MadhesKhabar

प्राविधिक कार्य राम्रो हुन्छ ।

MadhesKhabar

Leave a Comment