Madhes Khabar
Uncategorized

पर्साको औराहामा गोली चल्यो

क्रान्ति शाह
वीरगन्ज , २२ बैशाख ः पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ औराहामा बिहीबार राति गोली चलेको छ ।
औराहा स्थित जंगल छेउ रहेको स्थानीय मंगल बहादुर ब्लोनको घरमा बिहीबार राति ९.३० बजे तिर गोली चलेको हो ।
अज्ञात व्याक्तिले चलाएको गोली , ब्लोनको फुसको घरको भित्ता छेडेर घरभित्र रहेको चामलको बोरामा लागेको प्रहरीले जनाएको छ ।
गोली चलेको खबर पाउन साथ इलाका प्रहरी कार्यालय एकटांगाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी त्यहा पुगेर घटनास्थलको जायजा लिदा ब्लोनको घरको बाँसको टाटी छेडेर गोली घर भित्र रहेको चामलको बोरामा लागेको अवस्था भेटिएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए । चामलको बोरा भित्र कटुवा पेस्तोलको गोली जस्तो फलामको टुक्रा भेटिएको उनले बताए ।
तर गोली कसले र किन चलाएको भन्ने विषयमा केहि खुल्न नसकेको खनालले जानकारी दिए ।
यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
यता स्थानीयवासीले भने ब्लोनको घर नजिकै नेपाल सुशासन पार्टीको चुनावी भोज चलिरहेको र नजिकै स्थानीय समुदायको अर्को बैठक चलिरहेका बेला गोली चलेको बताएका छन् । तर कसले र किन गोली चलाएको भन्ने बारे खुल्न नसकेको स्थानीयले पनि बताएका छन् ।
प्रहरीले भने घटनास्थलमा गोली चलेका बेला कुनै पनि भोज , बैठक वा विवाद नभएको बताएको छ ।
गोली लागेका घरको धनी ब्लोन गाँउको सामान्य व्याक्ति रहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जमा पनि गाई,भैंसीहरुमा देखियो लम्पीस्किन रोग, सावधानी अपनाउन महानगरको अनुरोध

MadhesKhabar

सप्तरीमा मोबाइलबाट चीट चोर्ने ७१ विद्यार्थीको गणित विषयको परीक्षा रद्द

MadhesKhabar

वीरगन्ज महानगरको वडाअध्यक्षमा जसपाले पत्याएका उम्मेदवारहरु– नया–पुराना दुवै

MadhesKhabar

Leave a Comment