Madhes Khabar
Uncategorized

वीरगन्ज महानगरको वडाअध्यक्षमा जसपाले पत्याएका उम्मेदवारहरु– नया–पुराना दुवै

जसपाको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवारहरु क्रमश ः वडा नम्बर १० का सुशील साह कानु , वडा नम्बर १५ का रमेश यादव , वडा नम्बर १३ का तुफान फारुक अन्सारी र वडा नम्बर २५ का आशुतोष चतुर्वेदी

क्रान्ति शाह
वीरगन्ज , १३ बैशाख
: वीरगन्ज महानगरमा नेपाली काँग्रेससंग गठबन्धन गरेको जनता समाजवादी पार्टी (जसपा ) ले ३२ वटै वडाहरुमा भने आफना छुटटै उम्मेदवार उठाएको छ ।
जसपाले महानगरका केहि वडामा अन्य दलबाट आएकाहरुलाइ उम्मेदवार बनाएको भने केहि वडामा यसअघि निर्वाचित भएका वडा अध्यक्षहरुलाइ फेरि दोहोरुयाएको छ ।
सोमबार मात्रै काँग्रेस त्यागेर जसपामा प्रवेश गरेका मनोज राउत कुर्मीलाइ जसपाले वडा नम्बर १ को वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।
जसपाले वीरगन्ज २ मा शेख जलसुदिन , वीरगन्ज ३ मा निर्वतमान वडा अध्यक्ष बैजुलाल स्वर्णकार , वीरुगन्ज ४ मा एमाले छाडेर आएका सुदीप लामा , वडा नम्बर ५ मा सुशील सिंह क्षेत्री , वडा नम्बर ६ मा रमिता देवी गुप्ता , वडा नम्बर ७ मा दिपक महत्तो , वडा नम्बर ८ मा रितेश कुमार गुप्तालाइ वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
यसैगरि वडा नम्बर ९ मा निवर्तमान वडाअध्यक्ष मनोज कुमार कलवार , वडा नम्बर १० मा पनि निवर्तमान कार्यपालिका सदस्य सुशील साह कानु , वडा नम्बर ११ मा अजय चौरसीया , वडा नम्बर १२ मा निवर्तमान वडाअध्यक्ष रामदरश प्रसाद कुशवाहा, वडा नम्बर १३ मा पनि निवर्तमान वडाअध्यक्ष तुफान फारूक अंन्सारी, वडा नम्बर १४ मा महबुव एलाई , वडा नम्बर १५ मा रमेश यादव, वडा नम्बर १६ मा प्रशुराम चौरसिया, वडा नम्बर १७ मा वीरेन्द्र यादव, वडा नम्बर १८ मा उमाशकर तिवारी (चंचल), वडा नम्बर १९मा सुरेन्द्र लाल साह र वडा नम्बर २० मा भुलन राउत अहीरलाइ जसपाले वडाअध्यक्षको टिकट दिएको छ ।
यस्तै वीरगन्ज महानगरको वडा नम्बर २१ मा संजय मण्डल, वडा नम्बर २२ मा चन्द्रमान जोशी, वडा नम्बर २३ मा जमुना यादव , वडा नम्बर २४ मा रामानन्द प्रसाद कुर्मी , वडा नम्बर २५ मा आशुतोष चतुर्वेदी , वडा नम्बर २६ मा गÞयासुद्दीन मियाँ देवान, वडा नम्बर २७ नागेन्द्र प्रसाद यादव, वडा नम्बर २८ मा सोनालाल प्रसाद.कुर्मी , वडा नम्बर २९ मा निवर्तमान वडा अध्यक्ष धर्मेन्द्र राउत थारु, वडा नम्बर ३० मा मनोज कुमार यादव, वडा नम्बर ३१ मा सुल्लेमान अन्सारी र वडा नम्बर ३२ मा निवर्तमान वडा अध्यक्ष रियाजÞ अन्सारीले जसपाबाट वडा अध्यक्षमा मनोनयन दर्ता गराएका ह्ुन् ।
काँग्रेससंगको गठबन्धनमा महानगगरको मेयरमा जसपाकै राजेशमान चुनावी मैदानमा छन् भने उपमेयरमा काँग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् ।

Related posts

काँग्रेसका असन्तुष्ट नेता कार्यकर्तालाई गगन थापाको आग्रहःपार्टिको निर्णय हाल मानौँ

MadhesKhabar

रेडक्रसको निरन्तर सहयोग ।

MadhesKhabar

ताेलामा २ हजारले बढ्याे सुनकाे मुल्य

MadhesKhabar

Leave a Comment