Madhes Khabar
Uncategorized

वीरगन्जमा पनि गाई,भैंसीहरुमा देखियो लम्पीस्किन रोग, सावधानी अपनाउन महानगरको अनुरोध

वीरगन्ज,२९साउनःवीरगन्ज महानगरमा पशुपालकहरुले पालेको गाई,भैंसी लगायतका चौपायहरुमा केहि दिन यता लम्पीस्किन रोग देखिएपछि वीरगन्ज महानगरपालिकाले सावधानी अपनाउन आह्वान गरेको छ ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै वीरगन्ज महानगरका विभिन्न वडामा पशुपालक किसानहरुले पालेको चौपायाहरुमा केहि दिन यताम लम्पीस्किन रोग देखा परेकाले सावधानी अपनाउन तथा अनावश्यक गाई,भैंसीको ओसार पसार नगर्न पनि अनुरोध गरेका छन् ।

साथै महानगरभित्र कुनै पनि गाई भैंसीमा लम्पीस्किन रोगको लक्षण देखा परेमा तत्कालै महानगरपालिको पशु सेवा शाखामा सम्पर्क गर्नपनि सम्बन्धित पशुपालक किसानलाई महानगरपालिकाले अनुरोध गरेको छ । यसका साथै पशु सेवा शाखाका डा. सुदीपकुमार शर्माको मोबाइल नम्बर ९८४४२२५९०२ वा सन्तोष ठाकुरको मोबाइल नम्बर ९८४५०९७३८७ पनि महानगरपालिकाले सार्वजनिक गरेको छ ।

डेढ सातादेखि वीरगन्ज महानगरपालिका र वरपरको क्षेत्रमै चौपायामा लम्पीस्किन रोग देखिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका नायब पशु सेवा प्राविधिक विजय कुमार यादवले डेढ सातादेखि केन्द्रमा वीरगन्ज वरपरकै किसानले लम्पीस्किन प्रभावित चौपाया उपचारका लागि ल्याइरहेको बताए ।

लम्पीस्किन रोग लागेका चौपायालाई अत्यधिक ज्वरो आउने, झोक्राउने, खाना नखाने, शरीर भरी छालामा ५ सेन्टिमिटरसम्म गहिरो घाउ हुने र पछि त्यो घाउ फुट्ने, घाउको उपचार नगरिए घाउबाट किरा निस्कने र खुट्टा सुन्निने जस्ता लक्षण देखिन्छ ।

एक चौपायाबाट अर्को चौपायामा झिंगा, लामखुट्टे, उपियाँ आदि परजीविबाट यो रोग सर्छ । विशेष गरी ¥यालबाट र घाउमा लाग्ने परजीविबाट यो रोग बढी सर्ने गर्छ ।

पर्सा जिल्लामा २ वर्षअघि अर्थात २०८० वैशाखको अन्तिम साता पहिलो पटक ठोरी गाउँपालिकाका चौपायामा लम्पिस्किनको प्रकोप देखिएको थियो । त्यसपछि जिल्ला भरी विस्तार हुँदै १४ वटै स्थानीय तहमा फैलिएको थियो । त्यस वर्षकै भदौ अन्त्य तिर प्रकोप नियन्त्रणमा आएको थियो ।

२ वर्षअघि प्रकोप फैलिँदा पर्सा जिल्लामा २७ गाई, ७ बाच्छाबाच्छी, १ गोरु र १ भैंसी गरी ३६ चौपाया यो रोगबाट मरेका थिए । यसबाहेक जिल्ला भरीमा १ हजार ८ सय १ चौपाया लम्पीस्किन प्रभावित भएका थिए । तिनमा १ हजार ३ सय २७ गाई, ४ सय ७२ बाच्छाबाच्छी र २ भैंसी थिए ।

Related posts

जसपा फुटाउने बाबुरामको सपना चकनाचुर भएको छ : अध्यक्ष उपेन्द्र यादव

MadhesKhabar

होलीको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रगतदान

MadhesKhabar

यु-१९ विश्वकप क्रिकेट : नेपाल न्युजिल्यान्डसँग पराजित

MadhesKhabar

Leave a Comment