मकवानपुर,६जेठ:मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार ईभी गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज १३७१ नम्बरको ईभी गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ, उनकी श्रीमति २८ वर्षीया उषा गुरुङ घाइते भएका छन् ।
यस्तै, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र उनकी श्रीमति २७ वर्षीया संगता रौनियार घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि काठमाडौं लगिएकाे प्रहरीले जनाएको छ ।

