Madhes Khabar
वाग्मती प्रदेश

वर्षा र पहिरोका कारण हेटौँडा–काठमाडौं सडक खण्ड अवरुद्ध

काठमाडौं, २८ साउन : हेटौँडाबाट काठमाडौं जाने छोटो दूरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।शनिबाररातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर हेटौँडा–भैँसे–भीमफेदी सडक खण्ड अवरुद्ध भएको हो ।

भीमफेदी–२ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी–सिस्नेरी– काठमाडौं सडक खण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालुडाँडामा रहेको कुलेखानी सिस्नेरी काठमाडौं सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । त्यस्तै, त्रिभुवन राजपथको भीमफेदी–९ लामीडाँडा क्षेत्रमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले बताए । त्यस्तै, कान्तिलोक पथ पनि बकैया गाउँपालिका–११ आँपचौरमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हेटौँडा– काठमाडौं जाने यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

Related posts

काभ्रेमा बस दुर्घटना, १८ जनाको मृत्यु

MadhesKhabar

१९ घण्टापछि खुल्यो नारायणघाट–मुग्लिन सडकखण्ड

MadhesKhabar

केपी ओलीले भने – एमालेले भरतपुर जित्यो जित्यो ,गठबन्धन त हारयो हारयो

MadhesKhabar

Leave a Comment