Madhes Khabar
वाग्मती प्रदेश

कार दुर्घटनामा जनमत पाटीका उपाध्यक्ष खानसहित चार जना घाइते

काठमाडौं,२६चैतःजनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी सोमबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो । खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार अर्को जिपलाई जोगाउने क्रममा खान सवार गाडी पहाडको भित्तामा ठोक्किन पुगेको हो । दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् ।

स्वकीय सचिव मुसलमानका अनुसार सांसद खानको देब्रे हात फ्य्राक्चर भएको छ । त्यस्तै उनको दाहिने हातको औंलामा पनि चोट लागेको छ । आफ्नो भने खुट्टा र कम्मरमा चोट लागेको स्वकीय सचिव मुसलमानले बताए । त्यस्तै चालकको छातीमा र कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा चोट लागेको छ ।

घाइते सबै जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।साभारः ईकान्तिपुरबाट

Related posts

नारायणी नदीमा एक जना पुरुषको शव फेला

MadhesKhabar

काठमाडौंमा साढे १९ केजी सुन सहित एक जना पक्राउ

MadhesKhabar

पर्सामा एसपी रहिसकेका धिरज प्रताप, नेपाल प्रहरीको आइजीपीमा नियुक्त

MadhesKhabar

Leave a Comment