Madhes Khabar
वाग्मती प्रदेश

कार दुर्घटनामा जनमत पाटीका उपाध्यक्ष खानसहित चार जना घाइते

काठमाडौं,२६चैतःजनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।

काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी सोमबार बिहान ५ बजेतिर दुर्घटनामा परेको हो । खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार अर्को जिपलाई जोगाउने क्रममा खान सवार गाडी पहाडको भित्तामा ठोक्किन पुगेको हो । दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते भएका छन् ।

स्वकीय सचिव मुसलमानका अनुसार सांसद खानको देब्रे हात फ्य्राक्चर भएको छ । त्यस्तै उनको दाहिने हातको औंलामा पनि चोट लागेको छ । आफ्नो भने खुट्टा र कम्मरमा चोट लागेको स्वकीय सचिव मुसलमानले बताए । त्यस्तै चालकको छातीमा र कम्प्युटर अपरेटर अनवर खानको टाउकोमा चोट लागेको छ ।

घाइते सबै जनाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।साभारः ईकान्तिपुरबाट

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

म्याद गुज्रिएको घिउ र अण्डा बेच्ने भाटभटेनीलाई १ लाख रुपैयाँ जरिबाना

MadhesKhabar

सिमलताल बस दुर्घटना अपडेट : नारायणी नदीको टापुमा थप दुई जनाको शव भेटियाे

MadhesKhabar

Leave a Comment