Madhes Khabar
वाग्मती प्रदेश

सुनको मूर्ति भन्दै ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

काठमाडौं,१७असारःसुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक भारतीय सहित पाँच जनालााई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ४ जना नेपाली रहेका छन् । उनिहरुलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतीय नागरिक दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री गरेका थिए। तर उक्त मूर्ति सुनको नभई नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद १४ लाख रुपैयाँपनि बरामद गरेको छ।

Related posts

त्रिशूली नदीमा बेपत्ता बस आज पनि भेटिएन, भोलि बिहान ७ बजेबाट फेरि खोजिने

MadhesKhabar

सरकारमा जाने तयारी छैन : रवि लामिछाने

MadhesKhabar

पर्सामा एसपी रहिसकेका धिरज प्रताप, नेपाल प्रहरीको आइजीपीमा नियुक्त

MadhesKhabar

Leave a Comment