Madhes Khabar
वाग्मती प्रदेश

पर्सामा एसपी रहिसकेका धिरज प्रताप, नेपाल प्रहरीको आइजीपीमा नियुक्त

मधेसखबर
वीरगन्ज, १८ बैशाख
: सरकारले नेपाल प्रहरीको प्रहरी महानिरिक्षक (आइजीजपी) मा धिरज प्रताप सिंहलाइ नियुक्त गरेको छ । पर्साको प्रहरी उपरिक्षक (एसपी) रहिसकेका सिंहलाइ सरकारले आइजीपीमा नियुक्त गरेको हो ।
आइतबार बसेको मन्त्रीपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई बढुवा गर्दै आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई आइजीपीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघिका आइजीपी शैलेश थापा क्षत्री अवकाशमा गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आइजीपीमा सिंहलाई नियुक्त गरेको हो ।
आइजीपीको लागि प्रतिस्पर्धामा ,२०४९ मा नेपाल प्रहरीको सेवा प्रवेश गरेका विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक थिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह गत चैत ७ मा एआईजीमा बढुवा भएका थिए ।

Related posts

त्रिशूली नदीमा बेपत्ता बस र यात्रु भेटिएनन्, खोजि कार्य स्थगित

MadhesKhabar

सुनको मूर्ति भन्दै ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment