Madhes Khabar
वाग्मती प्रदेश हेडलाइन

वन तथा वातावरणको क्षेत्रमा नमुना काम गरेर देखाउछु : मन्त्री यादव

मधेसखबर

वीरगन्ज,०५ भदौ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदा सम्म विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताएका छन् ।

काठमाडौंमा आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले आफु विकासको बाधक नभएको बताए ।

उनले भने , “म र मेरो मन्त्रालय विकासको बाधक होईन, म जती दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु ।”  मन्त्री यादवले णने “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास गर्यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन,तर हामीले गाली सहेर भएपनि विकासको क्षेत्रमा नमुना काम गर्ने छौँ ।”

मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवं पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाए । वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

मन्त्री यादवले हिजोका दिनमा कुन मन्त्रीले के गरे आफुले त्यसको वास्ता नगर्ने , आफुले  गरेको कामको असर के हुन्छ भन्ने विषयमा जानकारी लिएरमात्रै काम गर्ने र गर्दै आएको जिकिर गरे ।वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका पत्रकार साथीहरुसँग बैठक राखी आगामी दिनमा वन तथा वातावरणको क्षेत्रमा कसरी काम गर्ने र के गर्दा हाम्रो देशको वन तथा वातावरण जोखिन्छ भन्ने विषयमा योजना बनाइ काम गर्ने तयारीमा आफु रहेको समेत मन्त्री यादवले  जानकारी गराए ।

मन्त्री यादवले मन्त्रालय भित्र मन्त्रीले गरेका कामहरुका फाईल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरु भइरहेका र त्यो विषयमा आफुले हेर्दै आएको समेत बताए । उनले भने, “गलत काम प्रति म सचेत छु, मेरो हातबाट गलत काम हुदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जो सुक्कै होस त्यसलाई म त्यो ठाउँमा राख्दिन ।”

मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जानकालागि अगाडि बढी सकेको जानकारी पनि गराए।

वन तथा वातावरणका क्षेत्रमा थुप्रैकाम गर्न आवश्यक रहेको भएपनि आर्थिक अभावका कारण ती कामहरु गर्न नसकिएको मन्त्री यादवले बताए । उनले भने, “वातावरणका क्षेत्रमा थुप्रैकामहरु गर्नु पर्ने छ, हामीसँग बजेट अभाव छ, तैपनि मेरो दिमागले भ्याए सम्म काम गर्दै आएको छु र गर्ने छु ।”

Related posts

व्याक्तिगत रिसबी साँध्न अफवाह फैलाउनेलाई कानुनी उपचार हुन्छ : मेयर सिंह

MadhesKhabar

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेश निषेध

MadhesKhabar

त्रिशुलीमा बस दुर्घटना अपडेट : मृत्युु हुनेकाे संख्या ७ पुग्याे

MadhesKhabar

Leave a Comment