मकवानपुर,२भदाैं:हेटौंडा–भीमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर अस्थायी वीरगन्ज ईजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कर्पियो दुर्घटनाका चार जना घाइतेहरुलाई हेलीकोप्टरमार्फत उपचारका निम्ति काठमाडौं लगिएको छ ।
थप उपचारका निम्ति उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी, लक्ष्मी वडु, रीता वडु र रितेन्द्र वडुलाई हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । लक्ष्मी वडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अन्य २ जना घाइतेहरुलाई उपचारका निम्ति हेटौंडा लगिएको छ । घाइते लक्ष्मी, रीता र रितेन्द्र उच्च अदालत जनकपुर वीरगन्ज इजलासका रजिष्ट्रार तारादत्त वडुका परिवार हुन् । उक्त स्कर्पियोमा रजिष्ट्रार तारादत्त पनि थिए । उनी सामान्य घाइते भएका छन् र चालक सुन्नीलाल चौधरी पनि सामान्य घाइते भएका छन् । उनहरुलाई थप उपचारका निम्ति हेटौंडा लगिएको छ । स्कर्पियो दुर्घटनामा ६ जना घाइते भएका थिए ।
घाइतेहरुको भीमफेदीस्थित अस्पतालमा सामान्य उपचार गरिएको थियो । गम्भिर घाइतेमध्ये एक महिलाको अवस्था अत्यन्त चिन्ताजनक रहेको ईप्रका भीमफेदीले जनाएको छ । मंगलबार बिहान काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश—३ —०१—००२ झ ५१८३ नम्बरको सरकारी स्कर्पियो सडकको डिभाइडरमा ठोक्किएर करिब ५० मिटर तल खसेको थियो । साभार:इकान्तिपुर

