Madhes Khabar
वाग्मती प्रदेश

काठमाडौंमा चार जनाको सामुहिक हत्या गर्ने आरोपी सार्वजनिक

काठमाडौं,३१भदौंः काठमाडौंको तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भनिएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भई हाल काठमाडौंको काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो।

भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले जानकारी दिए। बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका थिए। प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो।

रिसबी साँध्न आरोपी भण्डारीले विशाल राईको खुकुरी प्रहार गरी हत्या गरेका थिए। घटना थाहा हुने डरले उनले अन्य तीन जनाको समेत हत्या गरेका थिए। प्रहरीका अनुसार केही समयअघि राईले चलाएको मोटरसाइकल दुर्घटनामा उनी परेका थिए। सोही विषयमा कुरा गर्न सःमिल पुग्दा राईले कुटपिट गरेपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्। साभार : अन्नपूर्णपोष्टबाट

Related posts

सापटीको पैसा फिर्ता नदिएपछि साथीको हत्या

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एमालेका दुई विद्यार्थी नेताको मृत्यु

MadhesKhabar

बालेनले हर्कको भिडिओ शेयर गर्दै भने : तपाईं जस्ताे इमानदार नेता १०० वर्ष सम्म जन्मिदैन

MadhesKhabar

Leave a Comment