Madhes Khabar
वाग्मती प्रदेश

काठमाडौंमा चार जनाको सामुहिक हत्या गर्ने आरोपी सार्वजनिक

काठमाडौं,३१भदौंः काठमाडौंको तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भनिएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा ९ स्थायी घर भई हाल काठमाडौंको काँडाघारीस्थित बीरेन्द्र चोकमा बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको हो।

भण्डारीले चार जनाकै हत्या गरेको लिखित बयान दिएको काठमाडौं प्रहरी परिसर टेकुका एसएसपी सुमन सिंह राठोरले जानकारी दिए। बोलीसम्बन्धी अपांगता भएका (बोल्न नसक्ने) भण्डारी एक्लैले चारै जनाको हत्या गरेको बयान दिएका थिए। प्रहरीले भण्डारीसँग सांकेतिक भाषाका दोभाषे राखेर बयान लिएको थियो।

रिसबी साँध्न आरोपी भण्डारीले विशाल राईको खुकुरी प्रहार गरी हत्या गरेका थिए। घटना थाहा हुने डरले उनले अन्य तीन जनाको समेत हत्या गरेका थिए। प्रहरीका अनुसार केही समयअघि राईले चलाएको मोटरसाइकल दुर्घटनामा उनी परेका थिए। सोही विषयमा कुरा गर्न सःमिल पुग्दा राईले कुटपिट गरेपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्। साभार : अन्नपूर्णपोष्टबाट

Related posts

डेल कम्पनिको नक्कली २५९ थान कम्युटरसहित दुई व्यपारी पक्राउ

MadhesKhabar

भक्तपुरको सुधारगृहको ढोका फोडेर १ सय ५० भन्दा बढी बालबालिका भागे

MadhesKhabar

सिन्धुलीको गोलन्जोरबाट एकै परिवार १६ जना एकसाथ बेपत्ता, खोजी कार्य जारी

MadhesKhabar

Leave a Comment