Madhes Khabar
वाग्मती प्रदेश

सिन्धुलीको गोलन्जोरबाट एकै परिवार १६ जना एकसाथ बेपत्ता, खोजी कार्य जारी

काठमाडौं,१२साउनः सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी गाँउबाट बेपत्ता भएका १६ जनाको नाम सार्वजनिक भएको छ। एकैपटक परिवार नै बेपत्ता भएपछि प्रहरीले खोजीकार्य तीव्र पार्दै नामावली सार्वजनिक गरेको हो।

बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायु, २७ वर्षीया कमला हायु, २३ वर्षीया कोमल माया हायु, १९ वर्षीया उषा हायु, २१ वर्षीया अस्मिता हायु, २९ वर्षीय राजु हायु, २४ वर्षीय हिमाल हायु, १६ वर्षीय लालबहादुर हायु, १४ वर्षीय वेगबहादुर हायु, ११ वर्षीय लक्ष्मण हायु, १२ वर्षीय सुवर्ण हायु, १० वर्षीया ओमकुमारी हायु, १ वर्षीय अर्जुन हायु, ४ वर्षीया रियासा हायु र १५ वर्षीय शान्ता हायु रहेका छन्।

उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले जानकारी दिए। गाउँपालिकाका अनुसार बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्।

गाउँपालिकाका प्रवक्ता थापाले भने, ‘घटनास्थलमा अनुसन्धान गर्दा यहाँ केही पनि देखिँदैन। घटनास्थल हेर्दा कतै गएर बसेको जस्तो देखिन्छ। अरु कुरा पत्ता लागेको छैन। प्रहरीले खोजीकार्य जारी राखेको छ।’

प्रवक्ता थापाले प्रहरीले टेलिफोन ट्र्याकिङ गर्दा मोबाइलको अन्तिम लोकेशन रामेछापमा देखाएको बताए। उनले भने, ‘फोनचाहिँ रामेछापमा चलिरहेको छ। प्रयोग भएको देखिन्छ। रामेछापमा टावर देखाएको भन्ने छ। फोन सम्पर्क भएको छैन।’ साभारःअन्नपूर्णपोष्ट

 

Related posts

काभ्रेमा बस दुर्घटना, १८ जनाको मृत्यु

MadhesKhabar

१६ घण्टापछि सञ्चालनमा आयाे मुग्लिन-नारायणगढ सडक

MadhesKhabar

चितवनको माडीमा वन मन्त्री यादवले गरेको प्रतिबद्धता पुरा

MadhesKhabar

Leave a Comment