Madhes Khabar
वाग्मती प्रदेश

१६ घण्टापछि सञ्चालनमा आयाे मुग्लिन-नारायणगढ सडक

फाइल फोटो

चितवन,५भदाैं : चितवनको मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ । सोमबार राति करिब ८ बजेतिर खसेको पहिरो सडक डिभिजन भरतपुरले पन्छाएपछि सडक सञ्चालमा भएको हो । ठूलो पहिरो खसेपछि साेमबार रातिदेखि सयौं सवारी साधन रोकिएका थिए । चितवनका प्रमुख जिल्ला अधिकारी (सीडियो) भुपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरो स्थलमा पुगेका थिए।

रातभर पहिरो पन्छाउने काम गरिएको भएपनि मंगलबार बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

उनका अनुसार चारवटा मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए।

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका थिए । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे।

उनले काठमाडौंबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएका थिए।

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ । साभार:अन्नपूर्णपाेष्टबाट

Related posts

साढे चार वर्षिया छाेरीलाई यातना दिने मण्डल पक्राउ

MadhesKhabar

१९ घण्टापछि खुल्यो नारायणघाट–मुग्लिन सडकखण्ड

MadhesKhabar

सिमलताल बस दुर्घटना अपडेट : नारायणी नदीको टापुमा थप दुई जनाको शव भेटियाे

MadhesKhabar

Leave a Comment