Madhes Khabar
वाग्मती प्रदेश

केपी ओलीले भने – एमालेले भरतपुर जित्यो जित्यो ,गठबन्धन त हारयो हारयो

मधेसखबर
वीरगन्ज, २५ बैशाख :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा एमालेले नै जित्ने दाबी गरेका छन् ।
आइतबार चितवनको भरतपुर महाहनगरपालिकामा एमालेको चुनावी आमसभालाइ सम्बोधन गर्दै ओलीले भने ,‘ भरतपुर त एमालेले जित्यो जित्यो , गठबन्धन त हारयो हारयो, भरतपुर त अब बन्यो बन्यो ।
भरतपुर महानगरपालिकामा राप्रपासंग उमपेयरमा चुनावी तालमेल गरेको एमालेले मेयरमा विजय सुबेदीलाइ चुनावी मैदानमा उतारको छ । माओवादी केन्द्रले भने काँग्रेससंग गठबन्धन गरेर माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालले मेयरमा उठाएको छ । तर त्यहा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले मेयरमा उम्मेदवारी दिएका छन् ।
आइतवारको चुनावीसभालाइ सम्बोधन गर्दै ओलीले गठबन्धनका शीर्ष नेताहरुले भरतपुरमा आएर प्रचण्डकी छोरीलाइ नजिताए देश दुर्घटनामा पर्न सक्ने भन्दै धम्क्याएपनि त्यसले कुनै फरक नपर्ने बताए ।
ओलीले भने ,‘ गठबन्धन र प्रचण्डकी छोरी हारे त्यसले देशलाइ के फरक पर्छ ? जनतालाइ त्यसको के मतलब ? त्यसैले धम्कीले भरतपुरवासी डराउदैनन् पनि ।
ओलीले बैशाख ३० को निर्वाचनमा गठबन्धनलाइ हराएर उभिनै नसक्ने गरि लुलो बनाइ दिनु पर्ने बताए ।
अहिलेको सत्तागठबन्धन धेरै दिन सम्म नटिक्ने बताउदै ओलीले आगामी चुनावबाट पालिका देखि संघ सम्म तीनवटै सरकार एमालेकै बन्ने दाबी पनि गरे ।
उनले भरतपुर महानगरको विकासको जिम्मा अब आफुले लिने पनि बताए ।

Related posts

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्यांकर ठोक्किँदा १६ यात्रु घाइते

MadhesKhabar

पर्सामा एसपी रहिसकेका धिरज प्रताप, नेपाल प्रहरीको आइजीपीमा नियुक्त

MadhesKhabar

डेल कम्पनिको नक्कली २५९ थान कम्युटरसहित दुई व्यपारी पक्राउ

MadhesKhabar

Leave a Comment