Madhes Khabar
वाग्मती प्रदेश

काठमाडौंबाट दिल्ली जाँदै गरेकाे बसबाट ३ कराेडकाे भेप बरामद

काठमाडाैं,७असार: प्रहरीले हेटौँडाबाट झन्डै पौने ३ करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडाैंबाट भारतकाे दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरकाे बसबाट ५८ प्याकेट भेपसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।बरामद भेपको मूल्य २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ रहेकाे रिजालले बताए ।

पक्राउ पर्नेहरूमा बस चालक दोलखाको भीमेश्वर नगरपालिका–२ का कासलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका–११ का प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का इन्द्रबहादुर दर्जी, सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका–१६ का राजकुमार हिमाङ रहेका छन् ।

रिजालका अनुसार बसमा यात्रुको सिटमाथि सिलिङको भागमा ‘फल्स बटम’ बनाएर त्यसभित्र भेप राखेको पाइएको छ ।उक्त बस नियमित काठमाडौं–दिल्ली चल्ने नभई केही व्यक्तिले एक महिनाअघि मात्रै यात्रुलाई भारत घुमाउने भन्दै काठमाडाैंमा रहेको भारतीय दूतावासबाट ‘रोड पर्मिट’ लिएको पाइएको रिजालले बताए ।

बरामद भएको भेपसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको रिजालले जानकारी दिए ।

Related posts

भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द

MadhesKhabar

ठोरीका जीतबहादुरसहित पाँच जना ८ लाख नगद र लागु औषधसहित पक्राउ

MadhesKhabar

हेटौंडामा डाक्टरलाई कुटिपट गर्ने चार जना पक्राउ

MadhesKhabar

Leave a Comment