Madhes Khabar
वाग्मती प्रदेश

ठोरीका जीतबहादुरसहित पाँच जना ८ लाख नगद र लागु औषधसहित पक्राउ

वीरगन्ज,२१असोजःमकवानपुरमा प्रहरीले आठ लाख रुपैयाँ नगद र लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई मकवानपुरको मनहरी गाउँपालिका– ६ नयाँ बस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिकाका ३२ वर्षीय जीतबहादुर चापागाईँ,मकवानपुरको कैलाश गाउँपालिका– ८ बस्ने ३१ वर्षीय विकास मोक्तान, ३५ वर्षीय रामबहादुर स्याङबो, मनहरी गाउँपालिका– ४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान रहेका छन् ।

नयाँ बस्तीस्थित कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित बसिरहेका उनीहरूलाई ६०२ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र नगद ८ लाखसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

Related posts

सुनको मूर्ति भन्दै ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

MadhesKhabar

रवि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिन मानेन

MadhesKhabar

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे ईभी गाडी दुर्घटना,८ जना घाइते

MadhesKhabar

Leave a Comment