Madhes Khabar
वाग्मती प्रदेश

खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

सांकेतिक फोटो

चितवन,२माघःचितवनको भरतपुर महानगरपालिकामा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको हो ।स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको र उक्त घटनाको थप अध्ययन भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।सभारःअन्नपूर्णपोष्टबाट

Related posts

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे सुमाे मकवानपुरमा दुर्घटना हुदाँ १३ जना घाइते

MadhesKhabar

गाँजा सहित तीन भारतीय पक्राउ

MadhesKhabar

हेटौंडा–दक्षिणकाली–काठमाडौं सडक खुल्यो

MadhesKhabar

Leave a Comment