चितवन,५साउनःचितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिन सडकखण्डमा शनिबार यात्रुवाहक बस र तेल ट्यांकर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्। शनिबार अपरान्ह ३ बजेतितर भतेरी भन्ने स्थानमा बस र तेल ट्यांकर ठोक्किएका हुन् ।
नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस, त्यही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्यांकरको पछाडि ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये १० जनालाई नयाँ मेडिकल कलेजमा भर्ना गरिएको छ। तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जना मध्यम घाइते छन् ।
यसैगरि पुरानो मेडिकल कलेजमा १ जना र सरकारी अस्पतालमा ४ जनालाई भर्ना गरिएको छ। उनीहरुको अवस्था मध्यम रहेको छ। घाइतेहरुको परिचय खुलिसकेको छैन। दुवै सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।साभार :नाारायणीअनलाइनबाट

