Madhes Khabar
वाग्मती प्रदेश

भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज,१९चैत : हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द गरिएको छ ।

कुलेखानी, फाखेल , सिस्नेरीलगायत विभिन्न स्थानमा सडक विस्तार तथा स्तरोन्नतीको काम भइरहेकाले भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा आइतबारदेखि तीन हप्ताका लागि यातायात सञ्चालनमा रोक लगाइएको हो ।

आइतबारदेखि ३ हप्तासम्म उक्त सडकखण्ड मर्मत गरिने र त्यसक्रममा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भन्दै यातायात सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा बन्द गरिएपछि सवारीसाधन र यात्रुहरुले बैकल्पिक मार्गको प्रयोग गरिरहेका छन् ।
आइतबार बिहानैबाट भीमफेदी–कुलेखानी–मार्खु हुँदै चित्लाङको बाटोबाट हेटौंडा–काठमाडौं रुटका सवारी तथा नीजि सवारी सञ्चालनमा छन् । त्यस्तै,कान्तिलोकपथ,नारायणगढ–मुग्लिन सडकखण्ड, दामन–पालुङ सडकखण्डमा पनि यातायात सुचारु रहेको छ ।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

दुई प्याकेट चाउचाउकाे ५ सय लिने रेष्टुरेन्टलाई १ लाख जरिवाना

MadhesKhabar

Leave a Comment