काठमाडौं,२३कात्तिकःनुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा ३ जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब ११ बजे बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोट विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ,नुवाकोटको विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीय बिन्दा थापा मगर र त्यही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनिहरुको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको हो।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

