Madhes Khabar
वाग्मती प्रदेश

१९ घण्टापछि खुल्यो नारायणघाट–मुग्लिन सडकखण्ड

फाइल फोटो

चितवन, १७ असार : पहिरोले निरन्तर अवरुद्ध हुदै आएको नारायणघाट–मुग्लिन सडकखण्ड १९ घण्टापछि पुन सञ्चालनमा आएको छ ।

इच्छाकामना गाँउपालिका ६ स्थित तुईन खोलाको पुलमा शनिबारराती ११ पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो । खसेको पहिरो हटाइएपछि आइतवार साँझ ६ बजेपछि सडक पुन सञ्चालनमा आएको चितवनका प्रहरी नायब उपरीक्षक विजय पण्डितले बताए ।

उनका अनुसार , पहिरो खसेर सडकमा भएको अवरोध हटाउन चारवटा एक्साभेटर मेसिन प्रयोग गरिएको थियो । उक्त स्थानमा गत .बिहीबारदेखी नै पटक पटक पहिरो अस्दा सडक अवरुद्ध हुने गरेको छ । आइतबार सँँझ सडक खुलेपछि जाममा परेका सवारी साधनहरु गन्तब्य तर्फ लागेको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

 

Related posts

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एमालेका दुई विद्यार्थी नेताको मृत्यु

MadhesKhabar

ललितपुरमा परिक्षार्थीहरुकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर दुई जनाकाे मृत्यु

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment