वीरगन्ज,२६जेठःहेटौंडाबाट वीरगन्ज आउँदै गरेको यात्रुवाहक बसबाट लागू औषध गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाँउपालिका वडा नम्बर २ की ४० वर्षीया फुलमाया स्याङ्बो र त्यहि ठाँउकी ३० वर्षीया निर्मला मोक्तान रहेका छन् ।
सोमबार हेटौंडाबाट वीरगन्ज आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसलाई हेटौंडा–१५ रातोमाटे चोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त बसमा सवार ती दुवै महिलाको झोला खानतलासी गर्दा १० किलो ४०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गाँजासहित पक्राउ परेका दुवै महिलालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।