Madhes Khabar
वाग्मती प्रदेश

वीरगन्ज आउँदै गरेको बसबाट लागू औषध गाँजासहित दुई महिला पक्राउ

वीरगन्ज,२६जेठःहेटौंडाबाट वीरगन्ज आउँदै गरेको यात्रुवाहक बसबाट लागू औषध गाँजासहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मकवानपुरको कैलाश गाँउपालिका वडा नम्बर २ की ४० वर्षीया फुलमाया स्याङ्बो र त्यहि ठाँउकी ३० वर्षीया निर्मला मोक्तान रहेका छन् ।

सोमबार हेटौंडाबाट वीरगन्ज आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसलाई हेटौंडा–१५ रातोमाटे चोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त बसमा सवार ती दुवै महिलाको झोला खानतलासी गर्दा १० किलो ४०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजासहित पक्राउ परेका दुवै महिलालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Related posts

भरतपुर महानगरमा गठबन्धनलाइ सफलता– मेयरमा रेनु निर्वाचित

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एमालेका दुई विद्यार्थी नेताको मृत्यु

MadhesKhabar

हेटौंडाको पहिलो महिला मेयर – मीना लामा

MadhesKhabar

Leave a Comment