Madhes Khabar
वाग्मती प्रदेश

हेटौंडामा क्रेनले किच्दा वीरगन्जका एक युवकको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज,२३असोजः हेटौंडामा क्रेनले किच्दा वीरगन्जका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्यहि क्रेनका सहचालक वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का २८ वर्षिय सानबाबु पासवान रहेको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० कर्रामा मंगलबार दिउँसो प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा पासवानको मृत्यु भएको हो ।मकवानपुर प्रहरीका अनुसार मंगलबार दिउँसो पौने २ बजेतिर ब्याक गर्ने क्रममा क्रेनले किच्दा पासवान गम्भीर घाइते भएका थिए ।

घाइते पासवानलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोमा त्यहाँका चिकित्सकले मृत्य घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीले क्रेनसहित त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

Related posts

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयाेग गठन

MadhesKhabar

सिन्धुलीको गोलन्जोरबाट एकै परिवार १६ जना एकसाथ बेपत्ता, खोजी कार्य जारी

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एमालेका दुई विद्यार्थी नेताको मृत्यु

MadhesKhabar

Leave a Comment