
वीरगन्ज,२३असोजः हेटौंडामा क्रेनले किच्दा वीरगन्जका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्यहि क्रेनका सहचालक वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का २८ वर्षिय सानबाबु पासवान रहेको जिल्ला प्रहरी कर्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० कर्रामा मंगलबार दिउँसो प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा पासवानको मृत्यु भएको हो ।मकवानपुर प्रहरीका अनुसार मंगलबार दिउँसो पौने २ बजेतिर ब्याक गर्ने क्रममा क्रेनले किच्दा पासवान गम्भीर घाइते भएका थिए ।
घाइते पासवानलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएकोमा त्यहाँका चिकित्सकले मृत्य घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीले क्रेनसहित त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

