Madhes Khabar
वाग्मती प्रदेश

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयाेग गठन

फाइल तस्बिर ।

काठमाडाैं,१६पुष: दुई युवाको ज्यान जाने गरी गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएकाे घटनाकाे अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको छ ।आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा पूर्व एआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहनुभएको छ । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।उनका अनुसार आयोगले साेमबारदेखि नै काम थाल्नेछ ।

आयोगलाई घटनाको मानवीय तथा भौतिक क्षतिको अध्ययन विश्लेषण गर्ने, सुरक्षामा भएको कमजोरीबारे अध्ययन गर्ने र दोषी देखिएका जोकोहीलाई पनि कारबाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको पनि उनले बताइन् ।

यसअघि गृहमन्त्रालयले घटना भएकै दिन शुक्रबार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोग गठनको माग गरेका थिए ।

Related posts

१६ घण्टापछि सञ्चालनमा आयाे मुग्लिन-नारायणगढ सडक

MadhesKhabar

पहिरोको कारण नारायणघाट मुग्लिन सडक फेरि अवरुद्ध

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment