Madhes Khabar
वाग्मती प्रदेश

आलुको बोरामा लुकाएर कपडाको तस्करी : १ करोड बढीको कपडासहित दुई भारतीय पक्राउ

हेटौंडा,३असोजःमकवानपुरमा १ करोड रुपैयाँ भन्दा बढी मूल्यको कपडासहित दुई जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारका ३० वर्षीय जन्दार आलम र त्यही स्थानका १९ वर्षीय मुना मियाँ रहेका छन्।

हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित सडकमा सुनसरीबाट हेटौडा हुँदै काठमाडौं जाँदै गरेको बि–आर ०५ जिडि १३ ४३ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट करिब १ करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको लत्ताकपडा बरामद भएको हो।

बुधबार अपरान्ह करिब ३ बजेतिर विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर उक्त ट्रकमा प्रति बोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखी आलुको बोराको भित्री भागमा लुकाई छिपाई गरी जम्मा ७४ बोरा विभिन्न किसिमका तयारी कुर्ता, रोल सहितको सर्ट एवं पाइन्टको कपडाहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बरामद गरिएका सामानहरू, भारतीय ट्रक र उक्त ट्रकका चालक आलम तथा सहचालक मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

हेटौंडामा भारतीय ट्रकबाट ९१९ किलो गाँजा बरामद

MadhesKhabar

साढे चार वर्षिया छाेरीलाई यातना दिने मण्डल पक्राउ

MadhesKhabar

२ किलो सुनसहित २ जना पक्राउ

MadhesKhabar

Leave a Comment