Madhes Khabar
वाग्मती प्रदेश

हेटौंडा–दक्षिणकाली–काठमाडौं सडक खुल्यो

फाइल तस्बिर ।

हेटाैंडा,२२असार:अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ ।

 

वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा शुक्रबाररातिदेखि उक्त सडक अबरुद्ध भएको थियो ।

शुक्रबारदेखिको अविरल वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन् । अविरल वर्षाकै कारण पहिरो खस्दा अवरुद्ध कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ प्रतापडाँडास्थित खण्डमा पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए । त्यस्तै पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पनि पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी फाकेलबाट खटिएको टोलीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

 

अविरल वर्षाकै कारण अवरुद्ध रहेको भिमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–४ रातोमाटेस्थित सडकमा पनि पहिलो हटाउने काम भइरहेको छ । इलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको टोलीले सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य गर्दै आएको उनको भनाइ छ ।

कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ८ महादेवटार, प्रतापडाडा, बकैया गाउँपालिका–१२ आले, सिमात घुम्ती सडकखण्डमा पहिरो खसेर पूर्णरुपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक भण्डारीले बताए ।साभार:ईकान्तिपुरबाट

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

१६ घण्टापछि सञ्चालनमा आयाे मुग्लिन-नारायणगढ सडक

MadhesKhabar

Leave a Comment