Madhes Khabar
वाग्मती प्रदेश

जमेको पानीमा करेन्ट लागेर हेटौंडामा २ बालिकाको मृत्यु

सांकेतिक फोटो ।

मकवानपुर,२६असोजःकरेन्ट लागेर शनिबार दिउँसो हेटौंडामा दुई जना बालिकाको मृत्यु भएको छ ।हेटौंडा–१६ चिसापानीनजिकै रहेको कभर्डहलमा ११ केभी पिन इन्सुलेटर भाँचिएर नजिकै रहेको फलामको पोलमा करेन्ट प्रवाह भई पोल हुँदै पोलको फेदमा जमेको पानीमा विद्युतको करेन्ट प्रवाह भएर उनीहरूलाई करेन्ट लागेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बाराको निजगढ–१ की ९ वर्षकी र हेटौंडा–१६ की ७ वर्षकी बालिका रहेका छन् ।

प्रहरीका अनुसार हिँडिरहेको अवस्थामा अचानक पानीमा टेक्न पुग्दा करेन्ट लागेर दुवै जना बेहोस भएका थिए । दुवै जनाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।साभार : ईकान्तिपुर

Related posts

हेटौंडाको पहिलो महिला मेयर – मीना लामा

MadhesKhabar

५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ

MadhesKhabar

काठमाडौं–४ बाटै चुनाव लड्छु : गगन थापा

MadhesKhabar

Leave a Comment