Madhes Khabar
वाग्मती प्रदेश

अस्पतालबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

फाइल तस्बिर ।

काठमाडौं,५चैतःकाठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाटै एक महिना पहिलले शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले मानुकमारी सिंहलाई धरौटीमा रिहाका लागि आदेश दिएको हो ।आइतबारको अधिकारीको इजलासले डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाले सिंहलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेकी सिंह अदालतको आदेशपछि आइतबार नै धरौटी बुझाएर रिहा भएकी हुन् ।

दैलेखको महाबु गाउँपालिका–६ कि सिंह बच्चा चोरीको आरोपमा गत फागुन ११ गते पक्राउ परेकी थिइन् । उनीविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा दायर भएको थियो ।११ फागुनमा १२ बजेतिर काभ्रेकी एक जना महिलाको २६ दिनको शिशु मानकुमारीले चोरी गरेर लगेको आरोप लागेको थियो ।

प्रहरीले सोही राति १२ बजेतिर काँडाघारीबाट ती महिलालाई पक्राउ गरेको थियो भने शिशुको उद्दार गरेको थियो । बिहे गरेको ३ वर्षसम्म सन्तान नभएपछि प्रसूति गृहबाट शिशु चोरी सिंहले बताएकी थिइन् ।साभार : अनलाइनखबरबाट

 

Related posts

हाेली खेल्ने क्रममा ग्याङ्ग फाइट हुदाँ दुई युवककाे मृत्यु

MadhesKhabar

भक्तपुरको सुधारगृहको ढोका फोडेर १ सय ५० भन्दा बढी बालबालिका भागे

MadhesKhabar

हेटौडामा ग्याँस बुलेटको ठक्कर बाबु छोरीको मृत्यु

MadhesKhabar

Leave a Comment