Madhes Khabar
वाग्मती प्रदेश

भाउजुको हत्या गरेर हतियारसहित प्रहरी कार्यालयमा पुगे देवर

सांकेतिक फोटो

हेटाैंडा,५असार:मकवानपुरको थाहा नगरपालिका-१ स्थित कुन्छाल बस्तीमा ५५ वर्षीया महिलाको हत्या भएको छ।

बिहीबार दिउँसो अन्दाजी ५५ वर्षीया तुलुमाया गोपालीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। तुलुमायाको हत्या गरेर उनका देवर नाता पर्ने अन्दाजी ३५ वर्षीय विमलमान गोपालीले धारिलो हतियारसहित आँफै प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

तुलमायाको हत्या गरेर गोपाली हतियारसहित अपराह्न ३ः४० बजेतिरको समयमा इलाका प्रहरी कार्यालय पालुङमा पुगेका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।

हत्या किन गरियो भन्ने विषयमा प्रारम्भिक विवरण आइनसकेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।साभार:नेपालखबर

Related posts

हेटौंडा अस्पतालका ७८ जना डाक्टरले दिए सामुहिक राजिनामा

MadhesKhabar

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्घ

MadhesKhabar

ठोरीका जीतबहादुरसहित पाँच जना ८ लाख नगद र लागु औषधसहित पक्राउ

MadhesKhabar

Leave a Comment