Madhes Khabar
वाग्मती प्रदेश

हेटाैंडा-भीमफेदी-दक्षिणकाली सडकखण्डमा सवारी आवागमन बन्द

मकवानपुर,२०पुष:हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सडकखण्ड भीमफेदी–दक्षिणकाली खण्डमा शुक्रबारदेखि सवारी आवागमन बन्द गरिएको छ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने उक्त सडक खण्डमा शुक्रबारदेखि सडक स्तरोन्नतिको काम सुरु भएकाले आगामी चैत ३० गतेसम्म सडक बन्द गरिएको हाे।जसका कारण उक्त मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ।

हाल काठमाडौँसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाडौँ पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार नारायणगढ मुग्लिन सडकखण्ड हुँदै पनि काठमाडौँ जान सकिनेछ।

Related posts

सापटीको पैसा फिर्ता नदिएपछि साथीको हत्या

MadhesKhabar

कार दुर्घटनामा जनमत पाटीका उपाध्यक्ष खानसहित चार जना घाइते

MadhesKhabar

धादिङमा यात्रु बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment