Madhes Khabar
वाग्मती प्रदेश

मकवानपुरमा ब्रेक फेल भएको बसले ठक्कर दिदाँ ३ जनाकाे मृत्यु

मकवानपुर,१३जेठ:मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

साेमबार बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्थानीय ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर र सिराहाकाे औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ भने अरु तीन जना घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बसका चालक थाहा नगरपालिका- ५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Related posts

भरतपुर महानगरमा गठबन्धनलाइ सफलता– मेयरमा रेनु निर्वाचित

MadhesKhabar

मर्मतका लागि बन्द गरिएको कान्तिलोकपथ आजदेखि पूर्णरूपमा सञ्चालनमा

MadhesKhabar

काठमाडौंकाे एक स:मिलमा चार जनाकाे हत्या

MadhesKhabar

Leave a Comment