काठमाडौं,२३फाल्गुन:धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बुधबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।कपिलवस्तुबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट त्रिशूली नदिमा खसेको हाे ।
दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जयसवारले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ ।उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
बसका चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

