Madhes Khabar
वाग्मती प्रदेश

पहिरोको कारण नारायणघाट मुग्लिन सडक फेरि अवरुद्ध

तस्वीर : अनिल ढकाल

मधेसखबर
वीरगन्ज,२० असोज : पहिरोको कारण नारायणघाट मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । लगातारको वर्षाले चितवनको भरतपुर महानगरपालिका– २९ केराबारीमा पहिरो खसेको हो ।

वर्षाको कारण लेदो सहितको पहिरो झरेर सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीले बताए । पहिरो दिउँसो ३ बजेतिर खसेको हो।अवरुद्ध बाटो खुलाउन ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

यसअघि बिहीबार बिहान पनि उक्त सडक खण्डको सत्रकिलोमा पहिरो खसेर साढे दुई घण्टा सडक अवरुद्ध भएको थियो। बिहान साढे आठ बजेदेखि बन्द सडक ११ बजेतिर दुईतर्फी सञ्चालनमा आएको थियो। साभार : अन्नपूर्णपोष्ट

Related posts

भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द

MadhesKhabar

दोलखामा एमालेका शिवाकोटीलाइ हराउदै माओवादीका कार्की विजयी

MadhesKhabar

काठमाडौंबाट दिल्ली जाँदै गरेकाे बसबाट ३ कराेडकाे भेप बरामद

MadhesKhabar

Leave a Comment