
मधेसखबर
वीरगन्ज,१०जेठः चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् ।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार भन्दा बढी मतले हराउँदै रेनु मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।
माओवादी केन्द्रकी उम्मेदवार रेनुले एमालेका सुबेदीलाइ १२ हजार ४ सय ४९ मतले पराजित गर्दै जित हात पारेकी हुन् । रेनुले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले भने ३९ हजार ५ सय ८१ मत पाएका छन् । मेयरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।
भरतपुर महानगरको उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाटै उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् । हिमलालाई एमालेको पनि समर्थन थियो ।

