Madhes Khabar
वाग्मती प्रदेश

स्याङ्जा २ मा काँग्रेसका धनराज गुरुङ विजयी

मधेसखबर
वीरगन्ज,१७ मंसिर : स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ निर्वाचित भएका छन्।

शनिबार बेलुकी सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार , निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पद्मा अर्यालको भन्दा ५ हजार ६ सय २७ मत बढी ल्याएर गुरुङ विजयी भएका हुन् ।

काँग्रेस केन्द्रिय उपसभापति समेत रहेका गुरुङले ३१ हजार ४६६ मतका साथ निर्वाचित हुदा एमालेकी अर्यालले २५ हजार ८३९ मत मात्रै पाएकी छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत पाएका छन्।

स्याङ्जा २ (ख)को प्रदेशसभा सदस्यमा पनि नेपाली कांग्रेसकै महेश भट्टराई विजयी भएका छन्। भट्टराईले १८ हजार ८०८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले १६ हजार ९९९ मत पाएका छन। उनीहरूबीच १ हजार ८०९ मतको अन्तर रहेको छ।

यसअघि प्रदेश १ मा कांग्रेसका भोजराज अर्याल निर्वाचित भैसकेका छन्। उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई २ हजार ७३० मतान्तरले पराजित गरे।

Related posts

एमालेका चन्द्रलाई ३ मतले हराउदै काँग्रेसका तिर्थ प्रदेशसभा सदस्यमा विजयी

MadhesKhabar

त्रिशूली नदीमा बेपत्ता बस आज पनि भेटिएन, भोलि बिहान ७ बजेबाट फेरि खोजिने

MadhesKhabar

हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध

MadhesKhabar

Leave a Comment