Madhes Khabar
वाग्मती प्रदेश

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं,७ भदौं : सार्वजनिक यातायातको फेरि भाडा वृद्धि भएको छ । बागमती प्रदेशमा सञ्चालन हुने सवारी साधनको भाडादर वृद्धि भएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडा दर सार्वजनिक गरेको छ ।

नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि भएर १९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १० किलोमिटरको २४ रुपैयाँबाट वृद्धि भएर २६ रुपैयाँ , १५ किलोमिटरसम्मको २९ बाट वृद्धि भएर ३१ रुपैयाँ नयाँ भाडा दर तोकिएको छ ।

२० किलोमिटरसम्मको ३२ बाट वृद्धि भएर ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ नयाँ भाडादर तोकिएको छ ।बागमती प्रदेशमा सञ्चालनमा रहेका ट्याक्सिहरुको भाडादर पनि कायम गरिएको छ ।

जहाँ फ्याग डाउनको ५२ रुपैयाँ कायम गरेको छ । अब ट्याक्सिहरुको २०० मिटरको भाडादर १० रुपैयाँबाट १० रुपैयाँ ३४ पैसा तोकिएको छ ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले सार्वजनिक यातायात केन्द्रीय महासंघको पहलमा बागमती प्रदेशमा भाडा समायोजन सुरु भएको बताए ।

 

Related posts

हेटौडामा ग्याँस बुलेटको ठक्कर बाबु छोरीको मृत्यु

MadhesKhabar

वीरगन्ज आउँदै गरेको बसबाट लागू औषध गाँजासहित दुई महिला पक्राउ

MadhesKhabar

एमालेका चन्द्रलाई ३ मतले हराउदै काँग्रेसका तिर्थ प्रदेशसभा सदस्यमा विजयी

MadhesKhabar

Leave a Comment