Madhes Khabar
वाग्मती प्रदेश

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालन

चितवन, १६ असार : पहिरोका कारण केही दिनदेखि नै बन्द रहेको मुग्लिन–नारायणगढ सडक खण्ड शनिबार साँझदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार साँझ एकतर्फी रुपमा सञ्चालन भएको उक्त सडकखण्ड तुइन खोलामा ढुंगा खसेपछि शनिबार बिहान ३ बजेदेखि फेरि अवरूद्ध भएको थियो ।

भरतपुर डिभिजन सडक कार्यालयका अनुसार उक्त सडकको अवरोध हटाएर शनिबार साँझदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
अति व्यस्त रहने उक्त सडकखण्डको मुग्लिननजिकै पर्ने तुइन खोलाछेउको पाखोबाट बुधबार रातिदेखि नै ढुंगा खस्न थालेको थियो ।

बिहीबार बिहान साढे ९ बजेतिर एक घण्टा अवरूद्ध भएको उक्त सडक दिउँसो १ बजेदेखि २८ घण्टा रोकिएर शुक्रबार साँझ ५ बजेबाट खुलेको थियो । सडक अवरुद्ध हुँदा ठूलो संख्यामा यात्रुहरूले घण्टौंदेखि सास्ती झेल्नु परेको थियो । साभार : इकान्तिपुर

 

Related posts

२ किलो सुनसहित २ जना पक्राउ

MadhesKhabar

पहिरोको कारण नारायणघाट मुग्लिन सडक फेरि अवरुद्ध

MadhesKhabar

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ ३ जनाकाे मृत्युु ,५२ जना घाइते

MadhesKhabar

Leave a Comment