Madhes Khabar
वाग्मती प्रदेश

सिमलताल बस दुर्घटना अपडेट : नारायणी नदीको टापुमा थप दुई जनाको शव भेटियाे

गैंडाकोट,२९असार : चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप २ जना युवकको शव फेला परेको छ। गैंडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार अपरान्ह थप २ जनाको शव फेला परेको हो।

 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले अन्दाजी २५/३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको जानकारी दिए। नदीमा माछा मार्नेक्रममा बोटेहरूरुले शव देखेपछि प्रहरीलाई अपरान्ह ३ बजे खबर गरेका थिए।

एक जनाको छातीमा र अर्का युवकको अनुहारमा चोट लागेको, शव पहिचान गर्नसक्ने अवस्थामै रहेकाले सिमलताल बस दुर्घटनाकै भएको प्रहरीले जनाएको छ। यो खबर तयार पर्दासम्म दुबै जनाको परिचय खुलेको छैन। शवलाई पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। यसअघि शनिबार नै बिहानम भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीकाे बगरमा बेपत्ता बसका एक यात्रुको शव भेटिएको थियाे।उनी गणपति बसमा सवार भारत माेतिहारीका ऋषिपाल साह रहेकाे पुष्टि भइसकेको छ।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

ठोरीका जीतबहादुरसहित पाँच जना ८ लाख नगद र लागु औषधसहित पक्राउ

MadhesKhabar

अस्पतालबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एमालेका दुई विद्यार्थी नेताको मृत्यु

MadhesKhabar

Leave a Comment