Madhes Khabar
वाग्मती प्रदेश

स्कारपियो दुर्घटनामा उच्च अदालत वीरगन्जका रजिष्ट्रारकी श्रीमतीको मृत्यु

मकवानपुर,२ भदौंः मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान भएको स्कारपियो गाडी दुर्घटनामा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीय श्रीमती लक्ष्मी बडुको मृत्यु भएको छ। बडु परिवार बैतडीको दशरथचन्द नगरपालिका–७ का बासिन्दा हुन् ।

काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो गाडी मंगलबार बिहान करिब ७ः०० बजे अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, गाडी चालक छुनिलाल चौधरी, रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु गरी ६ जना घाइते भएका थिए।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो।

थप उपचारका लागि बिहान १०ः०४ बजे छाउनी पु¥याइएका घाइतेमध्ये लक्ष्मी बडुको उपचारकै क्रममा बिहान १०ः२९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको शव छाउनी अस्पतालमै राखिएको छ।

दुर्घटनामा घाइते भएका उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको छाउनी अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक छुनिलाल चौधरी र मृतक लक्ष्मीका श्रीमान् रजिस्ट्रार बडुको हेटौंडा अस्पतालमा उपचार जारी छ ।

 

Related posts

मकवानपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

MadhesKhabar

काठमाडौंमा श्रीमतीसंग झगडा परेपछि एक पुरुषले लगाए आफ्नै शरीरमा आगो

MadhesKhabar

काठमाडौंमा साढे १९ केजी सुन सहित एक जना पक्राउ

MadhesKhabar

Leave a Comment