Madhes Khabar
वाग्मती प्रदेश

मकवानपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

मधेसखबर
वीरगन्ज,०६ असोज : मकवानपुरमा बिहीबार अपरान्ह यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

भीमफेदी गाउँपालिकाको जुरिखेतमा अपरान्ह करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरी टोलीले घाइतेको उद्दार गरी उपचारको लागि पठाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको गौतमले बताए।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा।३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्ती ओरालोमा दुर्घटना भएको हो। ’७ जनाको घटनास्थलमै मृत्यु भएको छ। घाइते करिब १८/२० जना नै छन्। उनीहरुलाई २/३ वटा गाडीमा हालेर उपचारका लागि पठाएका छौं’, गौतमले भने, ’अरु विवरण आउन बाँकी छ। हामी उद्दारमै छौं।’ साभार : नागरिक

 

Related posts

चितवनको माडीमा वन मन्त्री यादवले गरेको प्रतिबद्धता पुरा

MadhesKhabar

काठमाण्डौको मेयर बने बालेन्द्र

MadhesKhabar

एउटै मन्त्रालयको खाजा , इन्धन र भत्तामा सकियो ११ करोड

MadhesKhabar

Leave a Comment