Madhes Khabar
Uncategorized वाग्मती प्रदेश

काठमाडौंमा साढे १९ केजी सुन सहित एक जना पक्राउ

फाइल फाेटाे

वीरगन्ज ,०८ पुस: प्रहरीले काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन सहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुबईको उडानबाट नेपाल आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।

विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए ।

प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।साभार:अनलाइनखबर

Related posts

एमाले नेताहरुबाट यौन शोषणमा परेको भन्दै तीन जना महिला धर्नामा

MadhesKhabar

हेटौंडामा भारतीय ट्रकबाट ९१९ किलो गाँजा बरामद

MadhesKhabar

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे ईभी गाडी दुर्घटना,८ जना घाइते

MadhesKhabar

Leave a Comment