Madhes Khabar
Uncategorized

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले पूरा गरे कीर्तिमानी १०० विकेट

काठमाडौं,३असार:नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन् ।

सन्दीपले ५४ वटा टी-२० आई खेलमा १ सय विकेट पूरा गरेका हुन् । सन्दीपले बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै टी-२० आईमा १ सय विकेट पूरा गर्ने गरेका हुन् । अफगानिस्तानका राशिद खानले सन् २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए ।

सन्दीप एसोसिएट क्रिकेटमा भने सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बनेका छन् । एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन् । बिलालले ७२ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए । सन्दीपले बंगलादेशका जाकर अलिको विकेट लिदै आफ्नो १ सयौं विकेट पूरा गरेका हुन् ।

Related posts

राजा ल्याउने माहोल ठूला तीन दल नै बनाउँदैछन् : सिके राउत

MadhesKhabar

वीरगंजमा यौनिक तथा अल्पसंख्यक समुदायका हक अधिकारे बारे अन्तरक्रिया सम्पन्न

MadhesKhabar

वीरगन्ज २५ मा जसपाको प्यानल विजयी, वडा अध्यक्षमा चर्तुवेदी निर्वाचित

MadhesKhabar

Leave a Comment