काठमाडौं,१०बैशाखःसरकारले शिक्षकहरूले राखेका जायज मागहरू पुरा गर्न तयार रहेको जनाएको छ ।बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै शैक्षिक गतिविधिमा सहभागी हुन आग्रह समेत गरे ।
मन्त्री गुरुङले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बर्बाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरूलाई आग्रह गरेपनि शिक्षकहरूबाट असहयोग भएको जिकिर गरे ।
सरकारका प्रवक्ता गुरुङले कांग्रेस सभापति शेर बहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे ।
इस्तै मन्त्रिपरिषद बैठकले चैत १५ गते तीनकुने घटनामा ज्यान गुमाएका ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकको परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयपनि गरेको छ ।

