सिमरा,१२कार्तिकःबाराको महागढीमाई नगरपालिकास्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर परिसरमा राखिएको चार वटा दान पेटिकामध्ये सोमबार एउटा दानपेटिकाको भेटी गणना गरिएको छ । घटनास्थापनाको दिनदेखि कात्तिक ११ गतेसम्म मूल मन्दिरमा राखिएको दानपेटिकाको भेटी गणना गरिएको हो ।
सोमबार खोलिएको एउटा दानपेटिकाबाट तीन लाख ८७ हजार चार सय ७४ रुपैयाँ भेटी संकलन भएको छ । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले सोमबार खोलिएको एउटा दानपेटिकाबाट नेपालीसहित विभिन्न देशको मुद्रा र चाँदीले बनाइएको गढीमाईको पाँच जोडी आँखा संकलन भएको जानकारी दिए ।
मेयर यादव, गढीमाई विकास समितिका पदाधिकारीको उपस्थितीमा दर्शनार्थीले चढाएको भेटी गणना गरिएको थियो । चार वटा दानपेटिकामध्ये एउटाको गणना गरिएको र अन्यको मंगलबार गणना हुने मेयर यादवले बताए ।

‘मुख्य मन्दिरमा राखिएको दानपेटिकाको गनेर सकेका छौं, अन्यको भोली गनिनेछ’ यादवले भने ‘मुख्य मन्दिरबाहेक अन्य पेटीकाको भेटी धेरै नहुनसक्छ । सम्भवत भोली (मंगलबार)सकिन्छ । ’दानपेटिकाबाट संकलन भएको रकम गढीमाई विकास समितिको कोषमा जम्मा गरिने मेयर यादवले बताए ।साभार : इशीलालेख

