Madhes Khabar
Uncategorized हेडलाइन

 चैनपुर टोलमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो अभियान तीव्र,स्वास्थ्य–शिक्षा र रोजगारीलाई प्राथमिकता दिँदै मतदाता भेटघाट

वीरगन्ज ३,फागुन: पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ स्थित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।

निर्वाचनलाई लक्षित गर्दै निरन्तर सञ्चालन भइरहेको घरदैलो अभियानमा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। उम्मेदवार कानु घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिइरहेका छन्।

घरदैलोका क्रममा उनले स्वास्थ्य सेवा सुधार, गुणस्तरीय शिक्षा र युवाहरूका लागि रोजगारी सिर्जना आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

उम्मेदवार कानुले भने,“स्वास्थ्य र शिक्षा बिना कुनै पनि समाज समृद्ध बन्न सक्दैन। युवालाई अवसर दिन सके मात्र देशले सही गति लिन सक्छ।”

उनले कृषकका समस्यालाई सम्बोधन गर्दै मल, सिँचाइ र बजार व्यवस्थापनमा सुधार ल्याइने प्रतिबद्धता जनाए। साथै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलतामा जोड्ने कार्यक्रम अघि सारिने बताए।

घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले मुलुकमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेही नेतृत्व आवश्यक रहेको भन्दै रास्वपाप्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिएका छन्।

स्थानीयवासीहरूले यसपटक परिवर्तनको पक्षमा उभिँदै रास्वपालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।अन्त्यमा उम्मेदवार कानुले जनताबाट प्राप्त सुझावलाई घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने भन्दै सुशासन र अवसर सिर्जनाको अभियानमा साथ दिन मतदातालाई आग्रह गरेका छन्।

Related posts

दाइजोमुक्त विवाहको सन्देश निमन्त्रणापत्रमै राख्न उपसभामुख ठाकुरको आग्रह

MadhesKhabar

मधेसमा मौलाउदै कुश्ती खेल

MadhesKhabar

अर्थतन्त्र चलायमान बनाउन वीरगन्जमा पहिलो पटक “रात्री बजार” लाग्दै

MadhesKhabar

Leave a Comment