Madhes Khabar
समाचार हेडलाइन

दाइजोमुक्त विवाहको सन्देश निमन्त्रणापत्रमै राख्न उपसभामुख ठाकुरको आग्रह

वीरगन्ज ,३ बैशाख :प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध कडा सन्देश दिँदै विवाह निमन्त्रणापत्रमै ‘दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न सबैलाई आग्रह गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूले हाल प्राप्त गरेका अधिकांश निमन्त्रणापत्रमा दाइजोमुक्त विवाहबारे कुनै उल्लेख नदेखिएको बताएकी छन्। यसले समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्ने उनको भनाइ छ।

उपसभामुख ठाकुरले दाइजो लिनु–दिनु मात्र होइन, दाइजोमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको स्पष्ट पारिन्। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष असर पार्ने उनले जोड दिइन्।

सामाजिक परिवर्तनका लागि व्यक्तिगत स्तरबाटै सुरुवात आवश्यक रहेको बताउँदै उनले दाइजो लेनदेन भएको विवाहमा आफू सहभागी नहुने बताएकी छन्।

साथै, विवाह निमन्त्रणापत्रमै ‘दाइजो मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न आग्रह गर्दै उनले सबैलाई दाइजोमुक्त, समानतामूलक र सभ्य विवाह संस्कृतिको अभ्यास गर्न आह्वान गरेकी छन्।

Related posts

नेपाल टेलिकमकाे २० हजार थान रिचार्ज कार्ड कसरी गायब भयाे ?

MadhesKhabar

जसपाले मन्त्री फेर्न लागेको भन्ने हल्लामा सत्यता छैन : खानेपानीमन्त्री यादव

MadhesKhabar

वीरगन्जकाे शिक्षा र कृषि क्षेत्रमा लगानी गर्न टर्की इच्छुक

MadhesKhabar

Leave a Comment